स्टे होटलमा तीज विशेष प्याकेज

सुर्खेत,९ भदौ ।
वीरेन्द्रनगर– १४ गोठीकाँडामा सञ्चालित स्टे होटल भ्याली भ्यू प्रालिले नारीहरुको पर्व हरितालिका तीजलाई मध्येनजर गर्दै विशेष प्याकेज कार्यक्रम ल्याएको छ । भदौ महिनाभर यहाँ तीज कार्यक्रम गर्नेलाई हल भाडा फ्रि, वीरेन्द्रनगरबाट आउन जान निःशुल्क यातायात सुविधा र सःशुल्क भिडियो सुटिङ्गका साथै स्थानीय टेलिभिजनबाट प्रशारणको प्याकेज ल्याइएको हो ।
स्टे होटल भ्याली भ्यू प्रालिका जनरल मेनेजर राजबहादुर शाहले पर्यटकीय स्थल र उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न सकिने हुँदा तीज विशेष प्याकेजको अवसर लिन सबैलाई आग्रह गरे ।


कर्णाली प्रदेशकै सुविधासम्पन्न आठ सय जना क्षमताको सभाहल, कजेट रेस्टुरेन्ट, अग्र्यानिक खाना, आरामदायी रुम र एकान्त वातावरण भएकाले स्टे भ्याली जुनसुकै इभेन्ट गर्न उपयुक्त स्थान रहेको उनले दाबी गरे । उनका अनुसार भदौ महिनाभर महिला गेष्टलाई १५ प्रतिशत छुट हुनेछ । महिलाहरु समुहमा जादा अझै थप छुट सुविधा दिन सकिने उनले बताए ।
गोठीकाँडा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी झन्डै ७ करोडको लगानीमा गत वर्ष माघदेखि होटल सञ्चालनमा ल्याइएको हो । ‘समग्र कर्णाली प्रदेशमा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गोठीकाँडामा होटल सञ्चालनमा ल्याएका हौं,’ प्रालिका अध्यक्ष तर्कबहादुर शाहीले भने । बाह्य पर्यटकहरूका लागि अझै पनि सुविधा सम्पन्न होटलको अभाव रहेकाले स्टे भ्यालीले थप सेवासुविधा दिने गरी होटलको क्षमता विकास गर्न लागिएको शाहीले जानकारी दिए ।


यहाँ १० वटा कटेज र हेलिप्याडसहितको पर्याप्त पार्किङको पनि ब्यवस्था छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले होटलले अग्र्यानिक खाना खुवाउने गरेको छ भने रोजगारीका लागि स्थानीयलाई पहिलो प्राथमिकता दिएको छ ।


सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै प्रदेशको मुख्य प्रवेशद्वारमा रहेको स्टे भ्यालीले मुगुको रारा ताल, मानसरोवर लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरूलाई लक्षित गरी होटललाई थप सुविधासम्पन्न बनाउने तयारी पनि गरेको छ ।

प्रकाशित मितिः   August 25, 2018 at 5:45 pm 


  • प्रतिक्रिया दिनुहोस्