सल्यान, ८ भदौ ।
सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत बनगाड खोलामा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।
उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ । पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् ।













कर्मसञ्चार । २०७५ भाद्र ८ गते शुक्रवार