बजेट–२०८२/८३

शिक्षालाई प्रविधिमैत्री बनाउन विद्यालयलाई २५ लाख अनुदान

सुर्खेतः सरकारले शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताए । सरकारले शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन अनुदान कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहन कार्यक्रम सुरु गरिने जनाए । यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने भएको हो । अनुदान कार्यक्रममार्फत शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित मितिः   May 29, 2025 at 4:39 pm 


  • प्रतिक्रिया दिनुहोस्