एनपिएल–२ को अक्सन सूचीमा कर्णालीका पाँच खेलाडी

सुर्खेतः नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि खेलाडीले नाम दर्ता गरेका छन् । दोस्रो संस्करणको एनपिएलमा कूल ४५८ जना खेलाडीले नाम दर्ता गरेका हुन् । जसमध्ये कर्णालीका पाँच खेलाडी छन् । नेपाल क्रिकेट संघका अनुसार कर्णालीका विपिन रावल, रविन्द्रजंग शाही, दिवान पुन, राजप्रसाद शाह र अनुजकुमार चुनाराले नाम दर्ता गराएका छन् । दर्ता भएका कूल खेलाडीमध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिवार हुने अक्सनमा सहभागी हुन पाउनेछन् । अक्सनमा ए श्रेणीका आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, अदिल अन्सारी, सूर्य तामाङ र सुनाम गौतम छन् । यस्तै बी श्रेणीका ३५ जना खेलाडी अक्सन सूचीमा छन् । बाँकी १०६ जना सी श्रेणीका खेलाडी छन् । सूचीमा ६७ जना ब्याटर, ४१ जना बलर र ४२ अलराउन्डर छन् । यी मध्ये पनि २६ जना विकेटकिपर रहेका छन् । अक्सनमा मधेश प्रदेशका सबैभन्दा बढी ३० जना खेलाडी सहभागी हुने भएका छन् । पहिलो सिजन लुम्बिनी लायन्सबाट खेलेका कर्णालीका दिनेश अधिकारी र कर्णाली याक्सबाट अर्जुन घर्ती, दिपेन्द्र रावत, विपिनप्रसाद शर्मा र युनिश बिक्रम सिंहलाई दोस्रो सिजनका लागि (रिटेन) निरन्तरता दिइएको छ ।

प्रकाशित मितिः   August 6, 2025 at 4:56 pm 


  • प्रतिक्रिया दिनुहोस्