चार लाख घुससहित सुर्खेतमा वन अधिकृत पक्राउ

सुर्खेत, २७ असार ।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । वन अधिकृत लामालाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः   July 12, 2019 at 2:56 pm 


  • प्रतिक्रिया दिनुहोस्