प्रकाण्ड फेरि पक्राउ

काठमाडौं, ७ भदौ ।
विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ । यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

प्रकाशित मितिः   August 23, 2018 at 7:50 pm 


  • प्रतिक्रिया दिनुहोस्