कैदीबन्दीलाई योगा

दैलेख, ७ भदौ ।
जिल्ला कारागार दैलेखमा कैदबन्दीलाई लक्षित गर्दै सातदिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ । कारागारमा रहेका ५७ कैदीबन्दीलाई योग तथा ध्यानसम्बन्धी जानकारी दिन शिविर सञ्चालन गरिएको हो । शिविरमा कैदीबन्दीले सक्रिय सहभागिता जनाएको योग प्रशिक्षक शंकर थापाले बताए । उनका अनुसार पर्याप्त हल नहुँदा कैदीबन्दीलाई आलोपालो गरेर योग सिकाइएको थियो । सकारात्मक सोचको विकास गर्न शिविरको आयोजना गरिएको उनले बताए ।

योग र ध्यानले कैदीबन्दीको दैनिकीमा परिवर्तन आउन थालेको नाइके मानबहादुर नेपालीले बताए । उनका अनुसार कैदीबन्दीले बिहानै उठेर नियमित योगा र ध्यान गर्न थालेका छन्  । योग र ध्यानले कैदीबन्दीको स्वास्थ्य समस्या हल हुने अपेक्षा गरिएको उनले बताए । योग प्रशिक्षक नरेश्वर अधिकारीले योगले उनीहरूमा सकारात्मक सोच ल्याउने र दीर्घ जीवनका लागि सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः   August 23, 2018 at 4:35 pm 


  • प्रतिक्रिया दिनुहोस्