पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले  पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आइतबार साँझ पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, अतिरिक्त सचिव डा.संगिता मिश्रा, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजकसमेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी हुन् । सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   September 21, 2025 at 10:00 pm 


  • प्रतिक्रिया दिनुहोस्