सुर्खेतमा ‘क्यान इन्फोटेक’ मेला हुँदै

सुर्खेत, ९ फागुन ।
सुर्खेतमा ‘क्यान इन्फोटेक–२०२०’ सञ्चालन हुने भएको छ । सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यही फागुन २८ देखि चैत २ गतेसम्म क्यान इन्फोटेक मेला आयोजना हुने भएको हो ।

सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ सुर्खेतले आयोजना गर्न लागेको हो । मेलामा विभिन्न स्वदेशी तथा विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सूचना र प्रविधिसम्बन्धी कूल ६५ वटा स्टलहरु प्रदर्शनीमा राखिने आयोजक संस्था क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार इन्फोटेकमा विभिन्न सामग्री विशेष सहुलियतमा समेत बिक्रि वितरण गरिनेछ ।
इन्फोटेकको लागि स्टल बुकिङ्ग समेत खुल्ला भइसकेको जानकारी दिँदै प्रविधिको प्रचारका लागि गर्न लागिएको इन्फोटेकले नाफा कमाउने उद्देश्य नराखेको क्यान महासंघ सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   February 21, 2020 at 9:42 pm 


  • प्रतिक्रिया दिनुहोस्