जाजरकोट पहिरो प्रभावित तीन सय जनाको उद्धार

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित तीनसय जनाभन्दा बढीको उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा पहिरो प्रभावितको उद्धार गरिएको हो । पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ । त्यस्तै, घाइते आठ जनाको उद्धार गरिएको छ । पहिरो प्रभावितलाई स्थानीय विद्यालयमा सारिएको छ । उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरिसकेको छ । प्रदेश सरकारले पहिरो प्रभावितका लागि राहत सामग्रीसँगै सुरक्षित स्थानमा सारिएकाहरूलाई स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको छ। पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उद्धार कार्य जारी राखिएको छ।

प्रकाशित मितिः   August 17, 2026 at 7:47 am 


  • प्रतिक्रिया दिनुहोस्