भीरबाट फालेर दर्जनौं गाई मारिए, सयौं बेवारिसे (फोटोफिचर)

सुर्खेत, १३ भदौ ।
वीरेन्द्रनगरको कटकुवामा दर्जनौं गाईको हत्या गरिएको छ । विहीबार राति अज्ञात समुहले अन्यत्रबाट ट्रक तथा टिप्परमा सयौं गाई ल्याएर भीरबाट खसालेको पाइएको हो । वीरेन्द्रनगरको वडा नं. ४,७ र १४ को सिमा क्षेत्रमा झन्डै २ सय गाई छोडिएका छन् । कानमा वीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने एकीन भइसकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको कुनै नगर वा गाउँपालिकाका लागि पठाइएको भएपनि त्यहाँ फालिएको हुनसक्ने सरकारी अधिकारीहरूको अनुमान छ । वीरेन्द्रनगर–१४ का स्थानीय कृष्णप्रसाद पोख्रेलका अनुसार गाई गएराति गाडीमा ल्याएर भीरबाट खसाइएको हो । ट्रकबाट भीरमा खसाउँदा २४ वटा गाई मरेका छन् भने ३० भन्दा बढी गाई घाइते छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तस्बीरमा हेर्नुहोस्–ः

प्रकाशित मितिः   August 30, 2019 at 11:35 am 


  • प्रतिक्रिया दिनुहोस्