काठमाडौँ, २४ असार । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।
अभियानकै शुरुआतमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताए ।
उनले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि उनले बताए ।
मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) लाई पुनर्गठन गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
प्रकाशित मितिः July 23, 2018 at 7:23 am























कर्म संचार । २०७५ साउन ७ गते सोमवार