बिकराल बन्दै देहत्याग

सुर्खेतमा तीन वर्षमा २ सय ४० ले गरे आत्महत्या

०७२/७३ मा ७४
०७३/७४ मा ७५
०७४/७५ मा ९१
चालु आवको दुई महिनामा ९ जना

सुर्खेत, २८ भदौ ।

पछिल्ला केही बर्षयता सुर्खेतमा देहत्याग अर्थात् आत्महत्याको दर बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतमा महिनामा सरदर ६ जनाले आत्महत्या गर्ने गरेका छन् । जिल्लामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको हो । तीन वर्षको अवधिमा २ सय ४० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ७४ जना, ०७३/७४ मा ७५ जना, ०७४/७५ मा ९१ जनाले आत्महत्या गरे । चालु आवको दुई महिनामा ९ जनाले आत्महत्या गरेका छन् ।

झुण्डिएर, बिष सेवन, नदीमा हाम फाली, औजारको प्रयोग गरी, आत्महत्या गर्ने गरेका छन् । प्रहरीका अनुसार झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या अधिक छ । ०७२/७३ मा ५५, ०७३/७४ मा ६० र ०७४/७५ मा ७० जनाले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरु १८ देखि २९ वर्ष उमेर समुहका युवा युवती बढी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार आत्महत्या गर्ने पुरुषभन्दा महिलाको संख्या बढी छ ।
पारिवारिक कलह, गरिबी, निराशा, आवेग, असफलता, विछोड, दुव्र्यसनी, तीव्र महत्वाकांक्षा, कमजोर आत्मविश्वास, मानसिक समस्या जस्ता कारणले आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको डिएसपी चौधरीले बताए । जिल्लामा देखिएको आत्महत्याको भयावह स्थितिलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

हरेक वर्ष आत्महत्याका कारण जीवन गुमाउनेहरूको संख्या बढदै जादापनि यसमा सरोकारवालाको ध्यान जान भने सकेको छैन । नेपालमा आत्महत्याको कारण दैनिक सरदरमा १५ जनाले ज्यान फालिरहदा यो गम्भीर बहसको विषय पनि बन्न सकेको छैन् ।

मुख्यगरी पारिवारिक किचलो, प्रेममा असफल, साथीभाइको अबहेलना, दिर्घरोग लागेको शंका, उमेरमा अपरिपक्वता जस्ता कारणले आत्महत्याका घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
दीर्घरोग, घरेलु हिंसा, ऋण, नजिकको व्यक्तिसँगको विछोड वा मृत्यु आदी पनि आत्महत्याका लागि जिम्मेवार पक्षहरू हुन् । चिकित्साशास्त्रका अनुसार वंशाणुगत गुणपनि आत्महत्याको कारण मानिन्छ ।
हरेक वर्ष आत्महत्याका कारण जीवन गुमाउनेहरूको संख्या बढदै जादा पनि यसमा सरोकारवालाको ध्यान जान भने सकेको छैन । नेपालमा आत्महत्याको कारण दैनिक सरदरमा १५ जनाले ज्यान फालिरहदा यो गम्भीर बहसको विषय पनि बन्न सकेको छैन् ।

प्रकाशित मितिः   September 13, 2018 at 7:10 pm 


  • प्रतिक्रिया दिनुहोस्