सुर्खेत । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको भाउ अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको छ । सोमबार २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै, अघिल्लो दिन २,६५० रुपैयाँ रहेको चाँदी आज २,६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै धेरै हो ।
प्रकाशित मितिः September 23, 2025 at 1:19 pm























कर्मसञ्चार । २०८२ असोज ७ गते मंगलवार