सुर्खेत, ४ भदौ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको जेनेरेटरमा आज (सोमबार) अपराह्न आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको हो ।
आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको क्षति भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।
आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका अस्पताल प्रशासनले गरेको छ ।
प्रकाशित मितिः August 20, 2018 at 7:23 pm


कर्मसञ्चार । २०७५ भाद्र ४ गते सोमवार