
नेकपा (एमाले) को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्व तहमा उल्लेखनीय परिवर्तन गर्दै अत्यन्त सकारात्मक सन्देश प्रवाह गरेको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा अनुभवले खारिएका पुराना नेताहरू, जिम्मेवार बयस्क पुस्ता र ऊर्जाशील युवा पुस्ताको सन्तुलित संयोजनसहित नयाँ केन्द्रीय कमिटी गठन हुनु पार्टीको संगठनात्मक परिपक्वताको प्रमाण हो ।
कुनै पनि राजनीतिक दल निरन्तर गतिशील रहन नेतृत्वमा समयानुकूल परिवर्तन अपरिहार्य हुन्छ । यही मर्मअनुसार महाधिवेशनमार्फत केही नेताहरूले सम्मानजनक विदाइ लिनुभएको छ भने नयाँ पुस्ताका सक्षम, प्रतिबद्ध र संघर्षशील नेताहरू नेतृत्वमा प्रवेश गर्नुभएको छ । यसले पार्टीलाई अझ सशक्त, जीवन्त र जनमुखी बनाउने विश्वास पैदा गरेको छ ।
सुर्खेत जिल्लाले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति अविचलित ऐक्यबद्धता प्रकट गर्दै कर्णाली प्रदेशको पदाधिकारी तहमा न्यायोचित प्रतिनिधित्वको माग सशक्त रूपमा उठाएको थियो । यो कुनै व्यक्तिगत आकांक्षा होइन, कर्णालीको भूगोल, इतिहास, योगदान र जनभावनालाई सम्मान गर्ने न्यायको प्रश्न थियो । हामी गर्वका साथ भन्न सक्छौँ—हाम्रो संकल्प प्रस्ताव सम्पूर्ण रूपमा सम्बोधन भएको छ । यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, न्यायपूर्ण निर्णय र समावेशी नेतृत्व निर्माणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
महाधिवेशनका तथ्यांकहरूले यस प्रक्रियालाई स्पष्ट रूपमा पुष्टि गर्छन् । १८ जना पुराना पदाधिकारीमध्ये ७ जना विदा हुनुभएको छ भने ८ जना नयाँ पदाधिकारी चयन हुनुभएको छ । ४७ जना पोलिट्ब्युरो सदस्यहरूमध्ये १७ जना विदा हुनुभएको छ । त्यसैगरी, २६२ जना केन्द्रीय सदस्यहरूमध्ये १४३ जना विदा हुनुभएको छ र ९० जना नयाँ केन्द्रीय सदस्यहरू चयन हुनुभएको छ । यी तथ्यहरूले नेकपा (एमाले) भित्र नेतृत्व विकास, पुस्तान्तरण र संगठनात्मक नविकरणको क्रम मजबुत रूपमा अघि बढिरहेको स्पष्ट संकेत गर्छ ।
यही सन्दर्भमा, सुर्खेत जिल्लाले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति अविचलित ऐक्यबद्धता प्रकट गर्दै कर्णाली प्रदेशको पदाधिकारी तहमा न्यायोचित प्रतिनिधित्वको माग सशक्त रूपमा उठाएको थियो । यो कुनै व्यक्तिगत आकांक्षा होइन, कर्णालीको भूगोल, इतिहास, योगदान र जनभावनालाई सम्मान गर्ने न्यायको प्रश्न थियो । हामी गर्वका साथ भन्न सक्छौँ—हाम्रो संकल्प प्रस्ताव सम्पूर्ण रूपमा सम्बोधन भएको छ । यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, न्यायपूर्ण निर्णय र समावेशी नेतृत्व निर्माणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
आजको नेपाल जटिल र प्रतिकूल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । अस्थिर सरकार, अवसरवादी गठबन्धन, नीतिगत अन्योल र जनतामा बढ्दो निराशाका बीच राष्ट्रिय राजनीतिले स्पष्ट दिशा र दृढ नेतृत्व खोजिरहेको छ । यस्तो अवस्थामा नेकपा (एमाले) मात्र देशलाई स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन सक्ने भरोसायोग्य राष्ट्रिय शक्ति हो भन्ने विश्वास अझ प्रबल बन्दै गएको छ ।
यस ऐतिहासिक महाधिवेशनले दिएको एकता, अनुशासन र नवीकरणको सन्देशलाई आत्मसात् गर्दै हामी सुर्खेत र कर्णालीबाट पार्टीलाई अझ मजबुत बनाउने संकल्पका साथ अघि बढ्नेछौँ । जनताको भरोसा जित्दै, राष्ट्रको हितलाई केन्द्रमा राख्दै नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न हामी सबै एकताबद्ध भएर लाग्नेछौँ ।
-लेखक नेकपा एमाले सुर्खेतका अध्यक्ष हुन् ।
प्रकाशित मितिः December 25, 2025 at 8:39 pm























कर्मसञ्चार । २०८२ पुष १० गते बिहीवार