
सुर्खेत । कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ । हृदयाघात भएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएका शाहीको बुधबार राति १० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ निवासी शाही ८० वर्षका थिए । शाहीले नेपाली कांग्रेस दैलेखको सभापति, जिल्ला विकास समिति दैलेखको सभापति तथा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनको निधनप्रति नेपाली कांग्रेससहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शाहीको निधनले दैलेखको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको बताइएको छ ।
प्रकाशित मितिः September 17, 2026 at 9:51 am






कर्मसञ्चार । २०८३ असोज १ गते बिहीवार