कर्णालीले रच्यो इतिहास, एमाले सचिवमा कँडेल विजयी

सुर्खेत । नेकपा (एमाले) को इतिहासमा कर्णालीले पहिलोपटक पदाधिकारी पाएको छ । एमालेको ११औं महाधिवेशनबाट यामलाल कँडेल सचिवमा निर्वाचित भएका छन् । उनी कर्णाली प्रदेशबाट एमालेको पदाधिकारी तहमा पुग्ने पहिलो नेता बनेका हुन् । हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री रहेका कँडेल यसअघि स्थायी कमिटी सदस्य थिए । अध्यक्ष केपी शर्मा ओलीको समूहबाट सचिवमा उम्मेदवारी दिएका उनले एक हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । एमालेको इतिहासमा पहिलोपटक कर्णालीबाट पार्टीको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व भएसँगै यहाँका कार्यकर्ता उत्साहित बनेका छन् ।
यि हुन् कर्णालीबाट केन्द्रीय सदस्य र आयोगमा निर्वाचितहरूः
२. गोरख बहादुर बोगटी –हुम्ला
३. राजबहादुर बुढा –दैलेख
४. विष्णु रिजाल– दैलेख
५. सुशील थापा –दैलेख
६. रुद्र शाही –दैलेख
७. सूर्यकुमारी श्रेष्ठ –दैलेख
८. पार्वती विसुन्के –दैलेख
९. मिनासिं रखाल –दैलेख
१०. नवराज रावत –सुर्खेत
११. पद्ममा खड्का –सुर्खेत
१२. मोहन माया ढकाल –सुर्खेत
१३. निरज आचार्य –जाजरकोट
१४. डम्बर सिंह –जाजरकोट
१५. सि.पी. घर्ती –जाजरकोट
१६. नगिन्द्र शाही (नेश्नल) –कालिकोट
१७. मीनबहादुर शाही –कालिकोट
१८. इन्दिरा सन्ज्याल– कालिकोट
१९. दानसिंह परियार– मुगु
२०. जीतबहादुर मल्ल– मुगु
२१. दल फडेरा– हुम्ला
२२. दल रावल– हुम्ला
२३. बद्मी क्वारी बोहरा– डोल्पा
२४. गोविन्द पुन –सल्यान
२५. नन्दा आचार्य –दैलेख (लेखा आयोग सदस्य)

प्रकाशित मितिः   December 21, 2025 at 1:02 pm 


  • प्रतिक्रिया दिनुहोस्