दशरथपुरबाट १३ जुवाडे पक्राउ

सुर्खेत, १५ कात्तिक ।
सुर्खेतको दशरथपुरबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बुधबार राति एक लाख ८० हजार नगदसहित जुवाडे पक्राउ गरेको हो ।
स्थानीयको घरमा खेलिरहेका १३ जनाको साथबाट प्रहरीले एकलाख ६४ हजार चार सय ४० र खालबाट १५ हजार सात सय गरी एक लाख ८० हजार नगद बरामत गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपानेले जानकारी दिए ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीको निगरानीमा राखिएको छ । प्रहरी निरीक्षक न्यौपानेले दशैं तथा तिहारको मौका पारेर गाउँमा जुवा अखडा जमाउँदै आउने गरेकोमा प्रहरीले जुवातास नियन्त्रणका लागि कडाई थालेको बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लेकवेशी गाउँपालिकाका टोपबहादुर पौडेल, टिकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुव बस्नेत, विनोद शाही, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की रहेका छन् ।

प्रकाशित मितिः   November 1, 2018 at 1:43 pm 


  • प्रतिक्रिया दिनुहोस्