
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पदाधिकारीको नाम टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् भने महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको एमाले स्रोतले जनाएको छ ।
सचिवमा यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा र लेखराज भट्टको नाम टुंगो लागेको छ । ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
प्रकाशित मितिः December 15, 2025 at 1:56 pm























कर्मसञ्चार । २०८२ मंसिर २९ गते सोमवार