दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने नेपालको पहिलो खेलाडी

 

काठमाडौंः
नेपाली क्रिकेट इतिहासमा दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । एसिसी मेन्स प्रिमियर कपको दोस्रो खेलमा उनले कतारविरूद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन्। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा ऐरीले अन्तिम ओभरको ६ वटै बलमा छक्का प्रहार गरेका हुन् ।

कतारविरूद्ध एकै ओभरमा ६ छक्का हान्दा कामरन खान बलिङमा थिए । यसअघि दीपेन्द्रले मंगोलियाविरूद्धको खेलमा लगातार ६ छक्का हानेका थिए तर एकै ओभरमा थिएनन् । उनको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई ११२ रनको लक्ष्य दिएर बलिङ गरिरहेको छ । नेपालका अलराउन्डर दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै भने पाँचौं खेलाडी बनेका छन् ।

प्रकाशित मितिः   April 13, 2024 at 7:35 pm 


  • प्रतिक्रिया दिनुहोस्