
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठक आज एमाले मुख्यालय च्यासलमा बसेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको छ । एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालिएको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरू हुँदैछ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेको एमालेले जनाएको छ । यसअघि महाधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न १३ वटा उपसमिति गठन गरेको थियो । समग्र तयारीको अवस्थाबारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालयको अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जनाए ।
प्रकाशित मितिः December 8, 2025 at 1:12 pm























कर्मसञ्चार । २०८२ मंसिर २२ गते सोमवार