बाढी–पहिरोमा परी देशभर ५२ जनाको मृत्यु

सुर्खेत । अविरल वर्षापछिकाे  पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । शुक्रबार र शनिबार निरन्तर वर्षा हुँदा ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै छ । इलाममा मात्र ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाको ज्यान गएको छ । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । वर्षासँगै पहाडी जिल्लामा पहिरो र तराईमा डुबानको जोखिम अझै उच्च रहेको  प्रहरी भनाइ छ।

प्रकाशित मितिः   October 6, 2025 at 11:04 am 


  • प्रतिक्रिया दिनुहोस्