सुर्खेत २८ भदौ ।
कर्णाली प्रदेश सरकारले रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण राहत वितरण गरेको छ । रुकुम आठबिसकोट नगरपालिकाका पहिरोबाट पीडित ३१ घरपरिवारलाई कर्णाली प्रदेश सरकारका तर्फवाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुमको राडीवजारमा राहत वितरण गरेकी हुन ।
गत साउनमा गएको पहिरोबाट आठबिसकोट नगरपालिकाका वडा नं. ४, ९ र ११ का पहिरोवाट विस्थापित ३१ घरपरिवारलाई प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा ३१ घरपरिवार पहिरोवाट विस्थापित भएका थिए । पहिरोका कारण पूर्णरुपमा क्षति भएर घरवासविहीन बनेका परिवारलाई प्रदेश सरकारका तर्फवाट राहत वितरण गरिएको मन्त्री केसीले जानकारी दिईन् । पहिरो पीडितहरुलाई यसअघि आठबिसकोट नगरपालिकाले प्रति घरपरिवार पाँच हजार, जिल्ला प्रशासन कार्यालय रुकुमले नौ हजार र रेडक्रसले दाल चामल तथा वन्दोवस्तिका सामानहरु वितरण गरेको थियो । गत साउन २८ गतेदेखि भाद्र ४ गतेसम्म गएको पहिरोवाट आठविसकोटमा मात्रै २५ करोड बराबरको क्षती भएको नगर प्रमुख गोरखवहादुर केसीले जानकारी दिए ।
एकिकृत नमुना वस्ती बनाइने
मन्त्री केसीले पहिरोपीडितका लागी एकिकृत नमुना वस्तीको विकास गरिने वताएकी छन् । मन्त्री केसीले रुकुम आठविसकोटका पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागी प्रदेश सरकारका तर्फवाट पहल गरिने वताएकी हुन । पहिरोका कारण जोखिममा परेको वस्तीलाई एकिकृत नमुना वस्ती विकासको लागी कुनै कसुरवाँकी नराख्ने मन्त्री केसी वताईन् । ‘यसको नेतृत्व नगरपालिकाले गर्नेछ,’ उनले भनिन्, ‘प्रदेश सरकारले यसमा सहयोगि भुमिका खेल्नेछ ।’
पहिरोवाट प्रभावित परिवार प्रति दुख ब्यक्त गर्दै मन्त्री केसीले भनिन्, ‘ज्यान भए जिउलो हुन्छ, तपाईहरुले पहिरोबाट धेरैक्षती हुदा ज्यान जोगाउनु भएको छ, चिन्ता नलिनुस् तपाईको साथमा सरकार छ ।’ मन्त्री केसीले विकासको नयाँ मोडलका लागि एकिकृत वस्ती विकास गर्नुपर्नेमा जोड दिईन् । विकट ठाँउका छरपष्ट घरहरुमा विकासका पुर्वाधार पु¥याउन मुस्किल हुने भन्दै वस्तीलाई एकिकृत गर्नुपर्ने मन्त्री केसीले बताईन ।













कर्मसञ्चार । २०७५ भाद्र २८ गते बिहीवार