एमालेले भन्यो– सरकार प्रतिशोधको बाटोमा जान खोज्यो

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको संकेत देखिएको बताएको छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । ‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं,’ उनले बैठकका निर्णय सुनाउने क्रममा भने ।

सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको भन्दै उनले पार्टी चिन्तित रहेको समेत बताए । ‘विस्तारै सरकार राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिन्छ,’ उनले भने, ‘दलहरूलाई पन्छाएर मात्रै नभइ निषेध गरेर जाने क्रियाकलाप हामीले देखेका छौं । सरकारले दलहरूसँग संवाद गर्न नखोजेकामा आफूहरु चिन्तित भएको उनले बताए ।

प्रकाशित मितिः   September 28, 2025 at 9:10 pm 


  • प्रतिक्रिया दिनुहोस्