
सुर्खेत । कर्णालीमा प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल थालिएको छ । कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव संकलन सुरु गरिएको हो । यस विषययमा राय माग्न साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल थालिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
‘विधेयकमाथि विचार तथा सुझाव संकलन गर्ने काम भएको छ,’ उनले भने, ‘यसलाई किसानमैत्री, जनजीविकाको सवाललाई उच्चतम रूपमा सम्बोधन गर्नुपर्ने सुझाव आएका छन् ।’ उनका अनुसार डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालिकोटका प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ । सडकलगायतका कारणले बर्सेनि किसानले उत्पादन गरेका स्याउमा क्षति भइरहेको ठहर गर्दै प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गरी त्यसको उचित व्यवस्थापन गर्न लागेको जनाएको छ । प्रवक्ता शाहले स्याउ पाइने ठाउँहरुमा गएर स्थलगत रूपमा अध्ययनसमेत भइसकेको बताए ।
प्रकाशित मितिः May 18, 2026 at 3:13 pm













कर्मसञ्चार । २०८३ जेष्ठ ४ गते सोमवार