नेपालको प्रशासन यतिबेला संक्रमणमा गुज्रिरहेको छ । संघीयता कार्यान्वयनसँगै कर्मचारी व्यवस्थापन झनै पेचिलो बन्दै गएको छ । एक प्रकारको सेवा शर्त र कानूनी प्रक्रियाबाट सेवा प्रवेश गरेका कर्मचारी संघीय संरचनामा के–कसरी व्यवस्थापन हुने ? स्पष्ट छैन । बरु अन्योल, भय र त्रासको अवस्था विद्यमान छ ।
यस्तो अवस्थामा राजनैतिक नेतृत्वले कर्मचारीलाई आश्वस्त पार्न सक्नुपर्छ । कर्मचारीहरुको योगदानले समृद्धिको यात्रामा अहं भूमिका खेल्ने भएकाले उनीहरुको मनोवल जति उचो भयो उति नै फलदायी हुनसक्छ । संघीयताबाट उत्पन्न अन्योललाई सामना गर्दै राज्यप्रति उनीहरुको योगदान रहने र राज्यलाई आवश्यकता पर्दा जस्तो सुकै अवस्थाको सामना गर्नुपर्छ भन्ने भावना कर्मचारीमा जागृत गराउन राजनैतिक नेतृत्व र उच्च व्यवस्थापकले समेत अग्रसरता लिन अब बियालो गर्न हुँदैन । उच्च मनेबलमा राख्न विशेषतः राजनैतिक नेतृत्वले कर्मचारीको योगदानको प्रशंसा र प्रतिष्ठाप्रति सचेत रही उत्प्रेरित गर्न कञ्जुस्याइँ गर्नुहुँदैन ।
प्रकाशित मितिः July 23, 2018 at 6:56 am























कर्म संचार । २०७५ साउन ७ गते सोमवार