सुनको मूल्य बढेको बढ्यै

आज प्रतितोला दुई लाख सात हजार नौ सयमा कारोबार


सुर्खेत । आज (बुधबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुन प्रतितोला दुई लाख सात हजार नौ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो । चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार पाँच सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः   September 3, 2025 at 2:29 pm 


  • प्रतिक्रिया दिनुहोस्