दसैँका लागि २९ गतेदेखि नयाँ नोट साट्न पाइने

सुर्खेतः दसैँका लागि नयाँ नोट यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जनाएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरूबाट सहटी गर्न सकिनेछ । यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । यस वर्ष विजया दशमी असोज १६ गते परेको छ । यस्तै, घटस्थापना ६ गते छ भने फूलपाति १३ गते परेको छ । दसैं घटस्थापनादेखि सुरु हुन्छ ।

प्रकाशित मितिः   August 31, 2025 at 8:55 am 


  • प्रतिक्रिया दिनुहोस्