कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

 

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएका कारण मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । प्रदेश प्रमुख जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने कर्णाली सरकारको तयारी छ ।

 

 

 

प्रकाशित मितिः   June 4, 2025 at 2:14 pm 


  • प्रतिक्रिया दिनुहोस्