नेपाल खेलकुद महासंघको प्रदेश अध्यक्षमा हमाल

सुर्खेतः नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल चयन भएका छन् । महासंघको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले हमालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासंघको उपाध्यक्षमा डम्बरबहादुर शाही र पूर्णबहादुर शाही चयन भएका छन् । यस्तै, सचिवमा शशीराम विश्वकर्मा, उप–सचिवमा भक्तबहादु शाह र रेखा बुढा तथा कोषाध्यक्षमा जगतप्रसाद रिजाल चयन भएका छन् ।
सदस्य भूगोलमा तिलक बुढा डोल्पा, रमेश कार्की मुगु, दिलिप चौलागाई (कालीकोट), जयबहादुर बुढा (जुम्ला), बलबहादुर फडेरा (हुम्ला), नविन सिंह (जाजरकोट), सुदिप शाही (दैलेख), दीपक मल्ल (रूकुम पश्चिम), रमेश नेपाली र सन्तोष शाही (सुर्खेत) छन् ।
सदस्य खुलामा जगदिश विष्ट (कालीकोट), मानबहादुर रावल (जुम्ला), भुपेन्द्र विक (मुगु), महेश धरला (डोल्पा), तिलक बादी (रूकुम पश्चिम), ललितजंग कार्की (हुम्ला), भीमबहादुर शाही (जाजरकोट), निशा किरण राना (सुर्खेत) र जानकी तारामी मगर (सुर्खेत) छन् । बाँकी ६ सदस्य कार्यसमितिको बैठकबाट मनोनित गरिने जनाइएको छ ।

प्रकाशित मितिः   August 3, 2025 at 11:47 am 


  • प्रतिक्रिया दिनुहोस्