
काठमाडौंः टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ८ बजे दुई देशबीचको खेल हुनेछ। जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन्। पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो। सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो। सिरिजमा भने नेपालको यो तेस्रो खेल हो। नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो। गएराति नेदरल्याण्डले पनि स्कटल्याण्डलाई १७ रनले पराजित गरेको थियो। नेपालले पुनः स्कटल्याण्डसँग भोलि खेलेपछि सिरिज सकिनेछ।
नेपाल र नेदरल्यान्ड्सबीच यो सिरिजअघि टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेलमा नजिता आएको छैन।
प्रकाशित मितिः June 19, 2025 at 9:23 am























कर्मसञ्चार । २०८२ असार ५ गते बिहीवार