
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुद क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले खेलकुदलाई व्यावसायिक बनाउनुपर्ने औल्याएका हुन् । ‘खेलकुदमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्न आवश्यक छ ।’

खेल क्षेत्रको उन्नतिका लागि सबैको हातेमालो आवश्यक पर्ने बताउँदै उनले प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको जनाए । खेलकुदले युवालाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाईं नेपाल खेलकुद महासंघका उपाध्यक्ष दीपेन्द्र दाहाल, नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । शुक्रवार सुरु भएको अधिवेशनमा कर्णालीका दश वटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन् ।
प्रकाशित मितिः August 1, 2025 at 6:11 pm













कर्मसञ्चार । २०८२ साउन १६ गते शुक्रवार