वीरेन्द्रनगरमा करेन्ट लागेर दम्पतीको ज्यान गयो

सुर्खेतः वीरेन्द्रनगरमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रवार (आज) बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेको थियो । आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिन प्रयोग गरिरहेको अवस्थामा तार सर्ट भएर उनीहरूलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । अस्पताल लगेको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मितिः   July 25, 2025 at 5:12 pm 


  • प्रतिक्रिया दिनुहोस्