
सुर्खेतः चालु आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कूल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गतको तथ्यांक समन्वय कार्यालय सुर्खेतले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा कर्णाली प्रदेशको अवस्था सार्वजनिक गरेको छ । वार्षिक राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान सार्वजनिक गरिसकेको कार्यालयले प्रदेशगत रुपमा पनि तथ्यांकहरु सार्वजनिक गरेको हो । राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान प्रचलित र स्थिर दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठले बताए । उनका अनुसार प्रादेशिक राष्ट्रिय लेखा अनुमान गर्नका लागि उत्पादनमा आधारित ‘टप–डाउन’ पद्धतिको प्रयोग गरिएको छ । सार्वजनिक तथ्यांकमा अर्थतन्त्रको आकार र प्रादेशिक योगदान, आर्थिक बृद्धिदर, प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन तथा औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल मूल्य अभिबृद्धि एवम् बृद्धिदर उल्लेख गरिएको छ ।
तथ्यांक सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले तथ्यांकबिना नीति, कार्यक्रम र योजना बनाउन नसकिने बताए । ‘योजना आयोगका लागि तथ्यांकहरु अत्यावश्यक हुन्छन्,’ उनले भने, ‘आयोगले खासगरी नीति र योजनामा काम गर्छ, यीनै तथ्यांकका स्रोतलाई आधार मानेर योजना बन्ने हुन् ।’ प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक असमानतालाई न्यूनीकरण गर्दै विकासका गतिविधि प्रभावकारी बनाउन प्रदेशको कूल ग्राहस्थ उत्पादन अत्यावश्यक हुने तथ्यांक क्षेत्रका विज्ञहरुले जनाएका छन् । वितरणमुखी अर्थतन्त्रले आर्थिक बृद्धिदरमा असर गरेकाले सरकारले वित्तिय स्रोतको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने तथ्यांकले औल्याएकोे छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशस्तरको कूल गार्हस्थ उत्पादनको अनुमान गर्ने कार्य आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरेको हो ।
तथ्यांकमा हेर्नुहोस् यस्तो छ प्रदेशगत अवस्था







कर्मसञ्चार । २०८२ जेष्ठ १२ गते सोमवार