
काठमाडौंः सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सार्वजनिक गरिएको हो ।
असार ३० गतेका निर्णयहरूः
१. नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार ।
२. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा (रुपन्देही) नियुक्त ।
३. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान विकास समितिको कार्यावधि ४ महिनाका लागि थप ।
४. “सेकेण्ड युएन फुड सिस्टम स्टक टेक समिट” (इथियोपिया, साउन ११–१३) मा डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति ।
५. बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको छानबिनका लागि समिति गठन, संयोजकमा पूर्वन्यायाधीश कृष्ण गिरी।
६. दक्षिण अफ्रिकामा आयोजना हुने ग्लोबल एसएमई मिटिङमा प्रा. कपिलमान श्रेष्ठ (राजदूत)लाई सहभागी हुन स्वीकृति ।
७. अमरगढी नगरपालिका, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा प्रयोग स्वीकृति ।
८. नेपाली सेनामा एक प्रमुख सेनानी महासेनानीमा, एक महासेनानी सहायक सेनानीमा बढुवा तथा १९ सहायक सेनानीको सरुवा ।
९. नवलपरासी (ब.सु.पू.) मा ग्रामीण सडक स्तरोन्नतिका लागि ३.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति ।
१०. कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा, र कालिगण्डकी गाउँपालिका स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट गहलाममा परिवर्तन ।
११. “वल्र्ड एआई कन्फरेन्स २०२५” (संघाई, चीन) मा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र “ग्लोबल हेल्थ फोरम २०२५” (बेइजिङ) मा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति ।
असार २३ गतेका निर्णयहरूः
१. दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२, न्यूयोर्क, अमेरिका) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति ।
२. नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमण स्वीकृति ।
३. एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत ।
४. विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १०.८ मिलियन अमेरिकी डलर बराबरको विश्व बैंक अनुदान स्वीकार ।
५. प्रत्येक साउन १६ गतेलाई “राष्ट्रिय कोदो दिवस”को रूपमा मनाउने निर्णय ।
६. उखु उत्पादक कृषकहरूलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने ।
७. नेपाली सेनाका ३७ महासेनानीको सरुवा ।
८. गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा जिपलाइन तथा स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति ।
९. वन तथा वातावरण मन्त्रीलाई नर्वेमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृति ।
१०. हैसियत बिग्रिएको राष्ट्रिय वनको जग्गा पर्यटन तथा वन पैदावरमा आधारित उद्योगको प्रयोगका लागि स्वीकृति ।
११. चीनमा आयोजना हुने आणविक प्रतिक्रियासम्बन्धी कार्यक्रममा विज्ञान तथा प्रविधि सचिवलाई सहभागी हुन स्वीकृति ।
१२. नेपाल–जापानबीच सीपयुक्त कामदार पठाउने समझदारीपत्रको अवधि ५ वर्षका लागि नवीकरण ।
१३. जल तथा ऊर्जा आयोगको संगठन संरचना र दरबन्दी स्वीकृति ।
१४. क्यासिनो नियमावली, २०८२ र राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृति ।
१५. नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा ।
प्रकाशित मितिः July 16, 2025 at 3:09 pm


कर्मसञ्चार । २०८२ असार ३२ गते बुधवार