
निरक केसी
पूर्वअध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघ
तथा पूर्व केन्द्रीय कार्यकारिणी सदस्य
सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि यही मंसिर २९ गते (शनिवार) निर्वाचन हुँदैछ । प्रस्तुत छ, सोही सन्दर्भमा रहेर कर्मसञ्चार डटकमका प्रतिनिधिले संघका पूर्व अध्यक्ष एवंम् सुर्खेतका प्रतिष्ठित व्यवसायी निरक केसीसँग गरिएको विशेष अन्तरवार्ता ।
♦ उद्योग वाणिज्य संघमा तपाइँको योगदान साँच्चिकै गर्व गर्न लायक छ है ?
म २०४५ सालबाट सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतबाट काम सुरु गरेँ । तत्कालीन अवस्थामा सुर्खेत उद्योग वाणिज्य संघको आफ्नो कार्यालय पनि थिएन । अहिलेको संस्थाको जुन भवन छ, त्यो मैले नै सुरु गरेको हुँ । २०४५ सालमा मेरो कार्यकालमा स्थापना भएको हो । तत्पश्चात आजसम्म उद्योग वाणिज्य संघमा आबद्ध छु ।
♦ अहिलेको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
यस समयमा वाणिज्य संघमा धेरै कार्य समिति गठन भए । कुन कार्य समितिले प्रभावकारी काम गर्न सक्यो, कुन कार्यसमितीले काम गर्न सकेन भन्ने त्यो फरक कुरो हो । तर मेरो अनुभवको आधारमा अहिले पछिल्लो समय व्यावसायीबीच विभाजन हुन गई असमझदारी भएको अवस्था छ ।
♦ यस्तो अवस्थामा कसरी एकता गर्ने ?
एकता नहुँदा नै संस्था धेरै कमजार भएको अवस्था छ । यो बेला सम्पूर्ण व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य संघमा साझा नेतृत्व चयन गर्नुपर्छ । त्यसकारण जो साथीहरुले बहिस्कार भनेर अन्य संघ–संस्थामा जानुभएको छ, त्यो मनमुटाबको कारणले गर्दा जानु भएको हो । त्यसकारणले गर्दा उहाँहरु सबैलाई समेट्नु पर्दछ । त्यही कारण अहिले व्यवसायीको संयुक्त प्यानल बनेको छ । यसमा हाम्रो बामपन्थी साथीहरु पनि हुनुहुन्छ ।
♦ पहिल्यै सहमतिमा ल्याउने प्रयास भएन ?
वामपन्थी साथीहरुलाई समेत समझदारीमा ल्याएर सर्वसहमत् सुर्खेत उद्योग वाणिज्य संघलाई न्यायोचित र मर्यादित तरिकाले अगाडी बढाउनको लागी हामीले धेरै प्रयास ग¥यौं । तर पनि साथीहरुका ब्यक्तिगत चाहानाका कारणले गर्दा जो सहमति हुन सकेन । त्यसैले गर्दा आगामी दिनमा सम्पूर्ण व्यावसायी साथीहरुलाई यो छाता संगठनमा आबद्ध बनाउने उदेश्यले र प्रदेश सरकारसँगको नीति निर्माणमा आफ्नो भूमिका अहम् खेल्नुपर्ने कारणले गर्दा र व्यवसायीहरुका समस्या हल गर्नको लागी एकताबद्ध भएर संयुक्त रुपमा जानुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले गर्दा प्रकाश उप्रेतीको समूह जसलाई हामीले अथक प्रयासका साथ एउटा सयुंक्त उद्योग व्यवसायीको संस्थाको रुपमा अगाडी बढाएका छौं । उहाँको नेतृत्वले भविष्यमा सहज तरिकाले व्यवसायीक हकहितको निम्ती काम गर्नसक्ने भएकोले उहाँको प्यानल विजय हुनुपर्छ भन्ने मेरो धारणा हो ।
♦ उप्रेतीको समूहलाई नै किन जिताउने ?
उप्रेतीजीले एउटा संस्थामा १६ वर्षसम्म विभिन्न जिम्मेवारीमा रहेर सफल कार्यकाल पुरा गर्नुभएको छ । वरिष्ठताको आधारमा पनि उहाँले जित्नु पर्छ । उहाँसँग त्यो नेतृत्वको क्षमता छ । उहाँको समूह सशक्त, समावेशी र साझा पनि छ ।
प्रकाशित मितिः December 13, 2018 at 7:22 pm























कर्मसञ्चार । २०७५ मंसिर २७ गते बिहीवार