काठमाडौंः सुनको मूल्य थप बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला तीन सय रूपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको छ । मंगलबार यो मूल्य एक लाख ९८ हजार सात सय रूपैयाँ थियो ।
यसअघि साउन २३ गते प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बुधबार प्रतितोला दुई हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको छ ।













कर्मसञ्चार । २०८२ भाद्र ११ गते बुधवार