स्थानीय सरकार

वीरेन्द्रनगर नगरपालिकामा के–के भए काम ?

नगर प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल नेतृत्वको वीरेन्द्रनगर नगपालिकाले तीन वर्षको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य काम र हासिल गरेका उपलब्धि बुँदागत रूपमाः
१. अव्यवस्थित फुटपाथ हटाइ सार्वजनिक सम्पतिको संरक्षण गरिएको ।
२. आपतकालीन केन्द्रको स्थापना तथा सञ्चालन र वारूणयन्त्र टोलीको क्षमता विकास गरिएको ।
३. हरियाली  प्रवर्द्धनको लागि सात हजार बढी वृक्षारोपण गरी संरक्षण गरिएको ।
४. जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरी योजनाअनुसार कार्यान्वयन थालिएको ।
५. घण्टाघरलगायत वडाका विभिन्न पार्कहरूको व्यवस्थित निर्माण कार्य धमाधम भइरहेको ।
६. पर्यटन प्रवर्द्धन  गर्न बुलबुले तालको विस्तार गरी डुङ्गा सञ्चालन गरिएको ।
७. ल्याण्डफिल्ड साइटमा दिशाजन्य लेदो व्यवस्थापन प्लान्ट निर्माण गरी सञ्चालन गरिएको ।
८. नगरलाई सुरक्षित राख्न सडकका विभिन्न स्थानहरूमा हाइमास लाइट र सोलार लाइट राखिएको ।
९. भेरी पम्पिङ खानेपानी आयोजनाको सुरूवात गरी टेण्डर गरिएको ।
१०. वैकल्पिक खानेपानी व्यवस्थापनको लागी भूमिगत पानी प्रयोग तथा नियमनको व्यवस्थापन गरिएको ।
११. नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइएको ।
१२. कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा नेतृत्व गर्नुहुने महिलाहरूको सहभागितामा प्रदेशस्तरीय महिला सम्मेलन सम्पन्न गरिएको ।
१३. कला र संस्कृतिको संरक्षण गर्न कर्णाली प्रदेशमै पहिलो प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन सम्पन्न गरिएको ।
१४. ‘एक वडा, एक खेल मैदान’ कार्यक्रम बनाएर कार्यान्वयनमा लगिएको ।
१५. शहरी विकास गुरूयोजना निर्माण गरिएको ।
१६. नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य भइरहेको ।
१७. महिलाहरुलाई स्वरोजगारद्धारा आत्मनिर्भर बनाउन अटोरिक्सा तालिम सञ्चालन तथा साझेदारीमा ३१ वटा अटोरिक्सा वितरण गरिएको ।
१८. आलुको बिउ भण्डारणका लागी तीनवटा स्टोर निर्माण गरिएको ।
१९. व्यवसायिक बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न नगरमा करिब ८५ वटा पक्की टनेल र १४० भन्दा बढी कच्ची टनेल निर्माण गरी बेमौसमका लागी तरकारी उत्पादनमा सहयोग पुगेको ।
२०. कृषिलाई आधुनिकीकरणतर्फ जोड्दै व्यवसायिक कृषिका लागी करिब २५ वटा पावर टेलर र १०० भन्दा बढी मिनिटेलर वितरण गरिएको ।
२१. साना सिंचाइ क्षेत्रफल विस्तारको लागी पाँचवटा कुला आठवटा इनार र ५० वटा पोखरी तथा माटो सिमेन्ट पोखरी निर्माण गर्नुका साथै कृषकलाई करिब २३० भन्दा बढी मोटर, ४० पम्पसेट र पाइप वितरण गरी करिब १०० हेक्टर भन्दा बढी जमिन सिंचाइका लागी क्षेत्र विस्तार भएको ।
२२. च्याउ खेती  प्रवर्द्धनका लागी प्रत्येक वर्ष च्याउ बिउ वितरण तथा कन्य च्याउ उत्पादनका लागी विभिन्न स्थानमा पक्की टनेल निर्माण गरिएको ।
२३. मौरी पालन व्यवसाय  प्रवर्द्धनका लागि मौरीसहितको घार २०० वटा वितरण गरिएको ।
२४. प्राङ्गारिक खेतीको विकासका लागी करिब ४० भन्दा बढी गड्यौला पिट निर्माण गरिएको ।
२५. फलफूल खेतीका लागी कागतीलगायत बर्खे फलफूलका विरूवा १५ हजारभन्दा बढी वितरण गरिएको ।
२६. बजारीकरणका लागी दुईवटा तरकारी तथा फलफूल चिस्यान च्याम्बर र तीनवटा संकलन केन्द्र निर्माण गरिएको ।
२७. मेयरसँग महिला कृषक कार्यक्रम जोडेर प्रत्यक्ष रूपमा करिब ५५ जना महिलालाई कृषि उद्यमशीलतामा जोडिएको ।
२८. करिब आठ हजार कृषकलाई सूचीकरण गरिएको र तीन हजार दुई सय कृषकलाई जियो कृषि एपमार्फत डिजिटल प्रविधिमा जोडिएको ।
२९. सहरी क्षेत्रका एक सयभन्दा बढी घरमा कौशी खेती विकासका लागी आवश्यक सामग्री  वितरण तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको ।
३०. कृषि विकास कार्यक्रम सञ्चालनका लागी दुईवटा ऐन, तीनवटा कार्यविधि निर्माण गरिएको ।
३१. नगरका १६ वटै वडाबाट पशुपन्छी तथ्याङ्क संकलन तथा अध्यावधिक गरी पशुपन्छीको संख्याको आधारमा पकेट क्षेत्र निर्धारण भइ सोही बमोजिम कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको ।
३२. नगर क्षेत्रमा रहेका सामुदायिक गाई–गोरूको व्यवस्थापनको लागि सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँग सम्झौता भइ वीरेन्द्रनगर–११ स्थित भेरी पुल नजिक रहेको गौशालामा आहारा, औषधी उपचार, खोप व्यवस्थापनलगायत आवश्यक सहयोग गर्दै नगरको सौन्दर्य र गरिमालाई कायम राख्न एवम् सडक दुर्घटनालाई न्यूनीकरण गर्नमा सहयोग पु¥याएको ।
३३. विगतमा नगरपालिकाको २ नम्बर वडाबाट मात्र पशुपन्छी सेवा प्रवाह भइरहेकोमा हाल वडा नम्बर ११, १३, १४, १५ र १६ बाट प्राविधिक सेवा सरल र सहज रूपमा प्रवाह भइरहेको साथै नगरको पशुपन्छी विकास शाखाबाट विज्ञ सेवा दिइरहेको ।
३४. नगरपालिका क्षेत्रभित्र गाई-भैँसीको नश्ल सुधारको लागि कृतिम गर्भाधान कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दुध उत्पादनमा उल्लेखनीय बृद्धि भई दुधमा आत्मनिर्भर नजिक पुगेको ।
३६. नगर क्षेत्रमा पशुपन्छी बिमा कार्यक्रमलाई विशेष प्राथमिकताका साथ समन्वय र सहकार्य गरी कृषकहरूको लगानी सुरक्षित र क्षति न्यूनिकरण भई व्यावसायिक कृषकहरूको संख्या बृद्धि भइरहेको ।
३७. पशुहरूमा लाग्ने विभिन्न रोगहरू जस्तै पिपिआर, खोरेत, भ्यागुते र चरचरे रोगहरूलाई वार्षिक रूपमा नियमित खोप लगाइ रोग नियन्त्रणमा सहयोग पु¥याउनुको साथै पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बृद्धि भएको ।
३८. नगर शिक्षा ऐन र नीति तयार गरिएको ।
३९. १० वर्षे शिक्षा क्षेत्र योजना निर्माण र कार्यान्वयन गरिएको ।
४०. कक्षा ८ सम्म हामी र हाम्रो वीरेन्द्रनगर नामक स्थानीय विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास र कार्यान्वयन भएको ।
४१. प्रारम्भिक बाल विकास कक्षामा मेरो किताब नामक पाठ्यसामाग्री विकास र कार्यान्वयन गरिएको ।
४२. सङ्गीत, योग र मनोसामाजिक परामर्श कक्षा सञ्चालन तथा व्यवस्थापन गरिएको ।
४३. शिक्षक व्यवस्थापनमा वैकल्पिक उपायहरू स्वयम्सेवक शिक्षक, सुत्केरी सट्टा शिक्षक, शिक्षक भर्चूअल कक्षा सञ्चालन आदिको कार्यान्वयन गरिएको ।
४४. रियल प्लान र शिक्षक मेन्टरिङ कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिएको ।
४५. अपाङ्ग परिचयपत्र वितरण कार्यविधि र जेष्ठ नागरिक परिचयपत्र कार्यविधि तयार गरी कार्यान्वयन गरिएको ।
४६. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण भइ कार्यान्वयनमा रहेको ।
४७. बालविवाह अन्त्य सम्बन्धि त्रिवर्षीय रणनीति तयार भइ कार्यान्वयनमा रहेको ।
४८. बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धि कार्यविधि तयार भइ कार्यान्वयन भइरहेको ।
४९. जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गर्ने नीति तथा कार्यक्रम सञ्चालनमा रहेको ।
५०. प्रजनन उमेरका महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यमा निरन्तरता दिइएको ।
५१. निःशुल्क प्रजनन स्वास्थ्य शिविर तथा गर्भवती महिलाहरूको निःशुल्क भिडियो सेवा सञ्चालन गरिएको ।
५२. स्वास्थ्य संस्थाहरूमा अनलाइन प्रणाली विस्तार गरिएको ।
५३. नगर प्रमुख सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको ।
५४. गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको ।
५५. स्वयम्सेविका परिचालन गरी बृद्धि अनुगमन कार्य सञ्चालन गरिएको ।
५६. अतिविपन्न नागरिक निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको ।
५७. हेलो गर्भवती आमा कार्यक्रम सञ्चालन गरिएको ।
५८. सडक तथा पूर्वाधार विकासको कामलाई तिव्रता दिइएको ।
५९. नगर प्रहरी गठन गरी परिचालन गरिएको ।

 

प्रकाशित मितिः   June 3, 2025 at 2:39 pm 


  • प्रतिक्रिया दिनुहोस्