
सुर्खेतः
नेकपा (एमाले) सुर्खेतले कम्युनिस्ट आन्दोलनका योद्धाहरूलाई सम्मान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसको सन्दर्भ पारेर एमाले सुर्खेतले मंगलवार १० जनालाई सम्मान र दुई जनालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र एमाले सुर्खेतका अध्यक्ष कूलमणि देवकोटालगायतका नेताहरूले सुर्खेती कम्युनिस्ट आन्दोलनका योद्धाहरूलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरेका हुन् ।

नेता कँडेलले सम्मानित योद्धाहरूले मुलुकको परिवर्तन, सामाजिक न्याय र अग्रगामी आन्दोलनहरूमा अतुलनीय योगदान पु¥याएको बताए । सुर्खेतको कम्युनिस्ट आन्दोलनको विगत स्मरण गर्दै उनले सम्मानित हुनेहरूले इमान्दारिता र निष्ठापूर्वक पार्टी निर्माणमा योगदान गरेको उल्लेख गरे । यस्तै, सुर्खेतको कम्युनिस्ट पार्टी निर्माणमा योगदान पु¥याएका मध्येबाट अग्रज र सक्रियतापूर्व निरन्तर कम्युनिस्ट आन्दोलनमा लागिरहनु भएका व्यक्तित्वहरूलाई सम्मान गरिएको एमाले सुर्खेतका अध्यक्ष देवकोटाले जनाए । कम्युनिस्ट योद्धा सम्मान कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल, ठम्मर विष्ट, कर्णाली प्रदेश कमिटीका पदाधिकारीलगायत पार्टीका विभिन्न तह, कमिटी र जनसंगठनका नेताहरूको उपस्थिति रहेको थियो ।

यी हुन् सम्मानित कम्युनिस्ट योद्धाहरूः
१. बालाराम शर्मा
२. स्व. ऋषिप्रसाद शर्मा (मरणोपरान्त)
३. स्व. हस्तबहादुर पुन (मरणोपरान्त)
४. बालकृष्ण वि.सी.
५. चुडामणि शर्मा
६. महेन्द्रप्रसाद शर्मा
७. डिलाराम गिरी
८. खगेन्द्रबहादुर घर्ती
९. हेमप्रकाश भुषाल
१०. कालिका चौधरी
११. डिल्लीबहादुर महतरा
१२. पृथ्वीबहादुर सिंह
प्रकाशित मितिः April 22, 2025 at 4:46 pm













कर्मसञ्चार । २०८२ वैशाख ९ गते मंगलवार