संसद परिसरमा मुख्यमन्त्रीको चियापान, पाँचसयलाई निम्तो

सुर्खेत, १६ कात्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अपराहन्न ५ बजे चियापान कार्यक्रमको आयोजना गरेका छन् । चियापानमा विभिन्न निकायका पाँच सय जनालाई निम्ता गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । कर्णाली प्रदेशसभा परिसरमा आयोजना गरिएको चियापानमा राजनीतिक दल, प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, सामाजिक संघ/संस्था, सञ्चारकर्मीलगायतलाई निम्तो गरिएको छ ।

मुख्यमन्त्रीकातर्फबाट दिपावली, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्न चियापान समारोहको आयोजना गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए ।

प्रकाशित मितिः   November 2, 2018 at 4:08 pm 


  • प्रतिक्रिया दिनुहोस्