मियाँले सम्हाले कर्णाली प्रदेश प्रमुखको कार्यभार

 

सुर्खेतः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हालेका छन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका प्रस्थान गरेपछि मियाँले आइतबार प्रमुखको कार्यभार सम्हालेका हुन् । प्रदेश प्रमुख जोशी उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । प्रदेश प्रमुख मियाँले नेपाल सरकारले कर्णाली प्रदेशको समेत अतिरिक्त कार्यभार दिएपछि कर्णालीलाई अझ नजिकबाट बुझ्ने र जान्ने अवसर मिलेको बताए ।

प्रकाशित मितिः   May 25, 2025 at 5:38 pm 


  • प्रतिक्रिया दिनुहोस्