सुर्खेत, २४ फागुन ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सतर्कता योजनाअन्तर्गत प्रदेशभित्रका ५ वटा नाकामा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नाकामा आवश्यक बजेट र जनशक्तिसहित हेल्थ डेस्क राख्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।
प्रवक्ता केसीले हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा डेस्क राख्ने निर्णय गरेको बताइन् । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो । ‘मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम नगर्ने र कालो बजारी गर्नेलाई कडाइपूर्वक कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ,’ उनले भनिन, ‘उत्तरी नाकालाई विशेष ढंगले कडाइ गरिनेछ ।’ यतिबेला विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको सक्रमण भित्रिन नदिन देशैभर उच्च सतर्कता अपनाइएको छ ।
प्रकाशित मितिः March 7, 2020 at 4:03 pm













कर्मसञ्चार । २०७६ फागुन २४ गते शनिवार