सुर्खेत, २४ फागुन ।
आगामी चैतमा सञ्चालन गर्न लागिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण चैतमा सञ्चालन गर्न लागिएको फुटबल प्रतियोगिता स्थगित गरिएको जिल्ला फुटबल संघ सुर्खेतले विज्ञप्तीमार्फत जनाएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको प्रायोजनमा सञ्चालन गर्न लागिएको प्रथम मेयर कप कोरोना भाइरसको प्रभावका कारण स्थगित गरिएको संघका उप–महासचिव शरद भण्डारीले जानकारी दिए । उनका अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको छ । यतिबेला विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको सक्रमण भित्रिन नदिन देशैभर उच्च सतर्कता अपनाइएको छ ।



कर्मसञ्चार । २०७६ फागुन २४ गते शनिवार