राहत

राहत

⌈कविता⌋

सगुन पोखरेल

चुल्हो निभेका भाडा रितिएकालाई खोज्नुपर्छ
सबैको मूल्याङ्कन हुनुपर्छ ।

राहत केबल शब्दमा होइन
भाषणको निम्ति आश्वासन पनि होइन
गरिबको लागि मजाक हुँदै होइन
महलमा बस्नेका लागि आएकै होइन ।

भाषण गरेर मात्रै पुग्दैन
कागजमा नाम टिपेर पेट भरिँदैन
फोटो खिच्दैमा भोकको ज्वाला निभ्दैन
हो, सहि मूल्याङ्कन हुनुपर्छ ।

हुनेखानेलाई होइन हुँदाखानेलाई हेर्नुपर्छ
बदमासी गर्नेलाई सजाय तोक्नुपर्छ
अनुहार होइन चुल्हो हेरेर दिइनुपर्छ राहत
पावर होइन परिस्थिति हेरेर बाड्नुपर्छ राहत ।

प्रकाशित मितिः   April 10, 2020 at 5:13 pm 


  • प्रतिक्रिया दिनुहोस्