गुराँसेमा हिउँ पर्‍यो फुरूरू…..(कर्म फाेटाेफिचर)

asdfkjhasdhfklahsdfkjahsdf asdlkff

सुर्खेत, १८ पुस ।

दैलेखको गुराँस गाउँपालिकाको गुराँसेमा हिउँ परेकाे छ । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेकाे स्थानीय डम्मर आचार्यले बताए । हिउँ परेपछि वीरेन्द्रनगरबाट सयाैंकाे संख्यामा हिउँ खेल्न गुराँसे पुगेका छन् ।

पश्चिमी वायुका कारण कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात र पहाडी जिल्लामा बिहिबारदेखि निरन्तर झरी परेकाे छ । पछिल्लाे २४ घण्टामा सुर्खेतमा ४२ मिलिमिटर वर्षा भएकाे जल तथा माैसम विज्ञान कार्यालय सुर्खेतले जनाएकाे छ । शुक्रबार मध्याह्न सुर्खेतकाे न्युनतम तापक्रम ८.७ डिग्री मापन भएकाे छ ।

गतवर्ष पनि गुराँसेमा हिउँ परेकाे थियाे । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट नजिककाे दुरी भएकाले गुराँसेमा हिउँ हेर्न जानेकाे लर्काे लाग्ने गर्दछ ।

हेर्नुहाेस्, गुराँसेकाे हिउँमा रमाउँदै आन्तरिक पर्यटक

 

तस्वीर:- धर्मु भण्डारी, यमुना श्रेष्ठ र तेजविक्रम वस्नेेेेेतकाे फेसबुकबाट ।

प्रकाशित मितिः   January 3, 2020 at 1:59 pm 


  • प्रतिक्रिया दिनुहोस्