
सुर्खेत, ६ माघ ।
सुर्खेतस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गरेको छ । आइतबारदेखि सुर्खेत कार्यालयबाटै लाइसेन्स वितरण गर्नेगरी यातायात व्यवस्था विभागले अनलाईन फारम खुला गरेको हो ।
विभागले सुर्खेतबाट लाइसेन्स वितरणका लागि अनुमति दिएको करिब एक वर्षपछि कार्यालयले वितरणको प्रक्रिया सुरु गरेको छ । यसअघि सवारी चालक अनुमति पत्र लिन नेपालगञ्जमा रहेको यातायातको साविकको अञ्चल कार्यालय जानुपर्ने बाध्यता थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले करार सेवामा प्राविधिक तर्फका कर्मचारी भर्ना गरेपछि लाइसेन्स प्रदान गर्ने प्रक्रिया सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले जनाएको छ । यसअघि प्राविधिक कर्मचारी नहुँदा लाइसेन्स वितरण गर्न कठिनाई भएको थियो ।
प्रकाशित मितिः January 20, 2020 at 6:55 pm


कर्मसञ्चार । २०७६ माघ ६ गते सोमवार