काठमाडौं, २४ मंसिर ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
आज साँझ काठमाडौंको बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरुलाई २० लाख रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
“दुवै जनालाई रंगेहात पक्राउ गरिएको छ, उनीहरूमाथि अब अनुसन्धान शुरू हुन्छ,” प्रवक्ता कोइरालाले भने।
प्रकाशित मितिः December 10, 2019 at 7:22 pm























कर्मसञ्चार । २०७६ मंसिर २४ गते मंगलवार