
सुर्खेतः कर्णाली प्रदेशका सत्तारुढ दलले अहिलेको विषम परिस्थितिमा धैर्य र संयमित हुन अपिल गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यताअनुसार थप एकताबद्ध हुन अपिल गरेका हुन् । सोमबार चार बुँदे संयुक्त वक्तव्यमार्फत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता यामलाल कँडेल र पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राजनीतिक दल, नागरिक समाज तथा युवा पुस्तालाई सुदृढ र रचनात्मक भूमिकाका लागि आग्रह गरेका छन् । वक्तव्यमा भनिएको छ – ‘अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो । राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थाले हामी सबैबाट सुदृढ र रचनात्मक भूमिकाको माग गरिरहेको छ ।’
यस्तो छ चार बुँदे अपिल














कर्मसञ्चार । २०८२ भाद्र ३१ गते मंगलवार