पोखरा, १५ मंसिर ।
कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पु¥याएकी छन् । जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।
विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् । कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ । अहिले वडा नं. १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।
प्रकाशित मितिः December 1, 2019 at 12:27 pm























कर्मसञ्चार । २०७६ मंसिर १५ गते आइतवार